हाम्रो बारेमा
वि.स.२००९ सालमा गा.वि.स. कटैया हाल रुपनी गाँउपालिका वार्ड न. ३ मा अवस्थित श्री माध्यमिक विद्यालय कटैया हर्दियामा वालविकास देखि कक्षा १० सम्म पठन्पाठन भइरहेको छ । यस विद्यालयमा जम्मा १८ जना शिक्षक शिक्षिकाहरु रहेका छन । यस विद्यालयमा हाल ७२८ जना वालवालिकाहरु अध्यनरत रहेका छन ।
विद्यालयको ऐतिहासिक पृष्ठभुमि
सम्बन्धित समुदायको विभिन्न समुदायका छोराछोरीहरुलाई पहुँच तथा सहुलियत तरिकाले शिक्षा हाँसिल होस उदेश्यले वि.स. २००९ सालमा गा.वि.स. कटैया हर्दिया, हाल रुपनी गा.पा. वार्ड न. ३ का समाजसेवी श्री खुशी लाल मण्डल, श्री महन्थी मण्डल, श्री गांगाराम ईसर, श्री कारी मुखिया र श्री मेहीलाल साहको नेतृत्वमा यस विद्यालयको स्थापना भएको हो । यस समुदायका सम्पूर्ण जनताहरुको सहयोगमा यस विद्यालयको स्थापना भएकोले गर्दा यस विद्यालयको नमाकरण श्री राष्ट्रिय प्राथमिक विद्यालय कटैया हर्दिया भयो । सर्वप्रथम वि.स. २०१० साल ९ महिना ३० गते स्वीकृति पायो । वि.स. २०५६ साल १० महिना ३ गते निम्न माध्यमिक तहको स्वीकृति प्राप्त गरि उक्त विद्यालय २०६९ सालमा माध्यमिक कक्षा संचालन गर्न अनुमति प्राप्त भयो । माध्यमिक तह संचालन एवं व्यवस्थापन स्थानीय जनताहरुको सहयोग तथा योगदान रहेको छ ।
विद्यालयको सेवा क्षेत्रको पहिचान तथा परिभाषा
यस विद्यालयको सेवा क्षेत्र हाल रुपनी गा.पा. का वडा नं. ३÷४ तथा शंम्भुनाथ ना.पा. का वडा नं. ६ पर्दछन् । यस विद्यालयको क्षेत्रभित्र हर्दिया, कटैया, हरिरावा, भथौल, छपकी, नरहैया, लक्ष्मीपुर टोलहरुको अधिकत्तम अध्ययन गर्ने आउने विद्यार्थीहरु छन् । यस विद्यालयका ६ वटा फिडर विद्यालयहरु क्रमशः आधारभुत विद्यालय हरिरावा, मा.वि. नकटीरायपुर, मा.वि. बसबिट्ठी, प्रा.वि. मकरी, आधारभुत विद्यालय छपकी भथौल र मा.वि. खुरहुरिया छन् ।
विद्यालय र समुदायविचको सम्बन्ध
विद्यालय स्थापना कालदेखि समुदाय र विद्यालयबीच सुुुमधुर सम्बन्ध रहदै आएको विद्यालयलाई आवश्यक पर्ने सल्लाह सुझाव तथा समुदायबाट प्राप्त गर्दै आइरहेको छ । यस विद्यालयमा विभिन्न जातजाती (राजधोव, यादब, तेली, मुखिया, बाँतर, खत्वे, कुशवाहा, दुसाद, डोम, चमार) अध्ययन गर्छन् । यहाँ बसोबास गर्ने खास गरेर हिन्दु धर्माम्बलम्बी परम्पराका छन् । यस समुदायका मानिसहरुको जीवनस्तर समान्य किसिमको छन् । यस क्षेत्रका अधिकांस मानिसहरुको मातृभाषा मैथली छन् ।
विद्यालयको भौतिक अवस्था
क्र.स. | विवरण | जम्मा संख्या |
१ | विद्यालय भवन | ९ |
२ | ब्लक संख्या | ४ |
३ | खेल मैदान | १ |
४ | शौचालय | २ |
५ | बालविकास कक्षा | १ |
६ | खानेपानी | २ |
७ | सिकाई क्षेत्र | १ |
८ | कम्प्यूटर प्रयोगशाला | १ |
९ | कक्षा कोठा | १६ |
१० | फर्निचर | १०० |
११ | छात्रा शौचालय | १ |
१२ | विद्यालय घेराबेरा |
प्रशासन सदस्यहरू
हाम्रा उत्कृष्ट शिक्षकहरू
हाम्रो प्रतिभाशाली विद्यार्थीहरू