
बिश्वभर संक्रमणको रूपमा फैलिएको नोबेल कोरोना (Covid-19) भाइरसको प्रभावले हामी सबैजना घरमा सुरक्षित तरिकाले आफ्नो सु-स्वस्थ्यको कामना गर्दै बसेका छौं भन्ने कुरामा दुई मत रहन सक्दैन । तथापी नोबेल कोरोना भाइरस (Covid-19) बाट बच्न अपनाउनुपर्ने सम्पूर्ण सावधानीहरू आफु पनि अपनाउ र नानीबाबुहरूलाई पनि पूर्णरूपमा पालना गराउनुहुनेछ, भन्ने कुरामा हामी बिश्वस्त छौं । नेपाल सरकारले Lockdown को मिति थपेसंगै हाम्रो कार्यतालिका समेत प्रभावित भएको व्यहोरा अनुरोध छ । कक्षा ४ र अन्य कक्षाहरू (रिक्त सिट) को प्रवेश परीक्षाका साथै अन्तिम परीक्षाको नतिजा प्रकाशन समेत अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जानकारी गराउदछौँ । साथै, कक्षा १०, ११ र १२ का बाबुनानीहरूलाई घरमै परीक्षाको तयारी निरन्तर जारी राख्न सुचित गरिन्छ। यो महामारीबाट मुलुक छिट्टै मुक्ती हुने र पुन नियमित दैनिक कार्यमा हामी फर्कने अपेक्षा राख्दछौ ।
नानीबाबुहरूलाई यो बिदा (Lockdown) मा आइटीको उपयुक्त प्रयोग गरि उनीहरूलाई सृजनात्मक कार्यमा व्यस्त राखी दिनुहुन समेत अभिभावकज्यूहरुमा अनुरोध गर्दछौ । अध्ययन सम्बन्धी कुनै समस्या भएमा सम्बन्धित बिषय शिक्षक वा विद्यालयको Facebook मार्फत जानकारी गर्नुहुन सुचित गरिन्छ ।
कृपया तल दिएका सुझावहरू पालना गरि आफु र आफनो परिवारलाई सुरक्षित बनाऊ
Be safe, Stay home
Basic protective measures against the new coronavirus
- Maintain social distancing.
- Wash your hands frequently (regularly and thoroughly clean your hands with soap and water).
- Avoid touching eyes, nose and mouth.
- Drink hot water/milk frequently.
- Do regularly exercise to increase your immunity power.
- If you have fever, cough and difficulty breathing, seek medical care early.
- Stay informed and follow advice given by your healthcare provider.
प्राचार्य
गण्डकी बोर्डिङ्ग स्कुल
तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौर पोखरा ।