Phone: ९८१७७३४४९५, ९८१७७३४४९५
प्रदेश न. 2
रुपनी गाउँपालिका | वार्ड न. ३
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
शुभकामना मन्तव्य
प्रधानाध्या: शैलेन्द्र कुमार मण्डल

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

रुपनी गाँउकार्यपालीका गाँउ कार्यपालिकाको कार्यालय मिति २०७६/१०/६ प.स. ०७६/०७७ तथा च.न.९११ को प्राप्र पत्राअनुसार विद्यालयको विवरण उपलब्ध गराई दिन सम्बन्धमा जानकारी प्राप्त भयो । विद्लयहरुको लागि वेबसाइट र मोवाइल एप्स निर्माण कार्य गर्नका लागि सम्वन्धित विद्लयको क्यात Soft Documentary बनाउने कार्य प्रशंसनिय छ । यसले विद्यालयको समग्र पक्ष सुधार गर्न टेवा पुर्‍याउन  सहयोग गर्दछ । विद्यालयको समग्र तथ्याँक तथा समुदाय सँग विधालयको बीच सम्बन्ध मा पनि स्थानीय सरकारलाई जानकारी प्राप्त हुन्छ । यो क्यात Soft Documentary गाउँ कार्यपालिकाको ऐनाको काम गर्दछ ।  अत: रुपनी गाउँपलिकाको यो क्यात Soft Documentary योजना कार्यक्रमलाई समलताको शुभकामना व्यक्त गर्दछु ।

वडा अध्यक्ष :अमर मुखिया

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

    रुपनी गाउँपालिका वडा नं. ६ मा अवस्थित यो विद्यालय मेरो आफ्नै आँगनको विद्यालय हो । विद्यालयप्रति मैले निर्वाह गर्नुपर्ने भुमिका म तदारुक्ताका साथ वहन गर्दै आइरहेको छु र अगामी दिनहरुमा पनि गर्ने छु । शिक्षा जीवनको मार्ग भएको हुनाले यसबाट कुनै पनि बालवालिका बञ्चित हुनुहुदैन । गुणस्तरीय शिक्षा पाउनु सबै मानिसको मौलिक तथा नैसर्गिक अधिकार हो । यस श्री युवा वर्ष आधारभुत विद्यालयको भविष्य उज्जवल होस् । आफ्नो सेवाक्षेत्रका सम्पुर्ण बालवालिकाहरुको जिवनमा शिक्षाको प्रकाश छर्न सकुन् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु । साथै विद्यालयको उन्नती तथा प्रगतीको निम्ती म सदैब तत्पर रहने प्रतिबद्घता व्यक्त गर्दछु ।